संयुक्त राष्ट्र संघले इथियोपियामा भोकमरीका कारण ३३ हजार बालबालिकाको मृत्यु हुन सक्ने चेतावनी दिएको हो। संघले इथियोपियाको टिग्रे क्षेत्रमा सुरक्षाकर्मी र विद्रोहीबीच जारी युद्धका कारण ३३ हजार बालबालिकाको भोकमरी र कुपोषणका कारण मृत्यु हुन सक्ने भन्दै चेतावनी दिएको हो ।

सन् २०२० को नोभेम्बरबाट सुरु भएको युद्धमा परी हालसम्म टिग्रेमा १७ लाख मानिसहरु विस्थापित भइसकेका छन् । संयुक्त राष्ट्रको एक अध्ययनमा टिग्रे क्षेत्रमा बसोबास गर्ने करिब ३ लाख ४३ हजार मानिस गम्भीर संकटमा परेको उल्लेख गरिएका छन् । युद्धका कारण त्यहाँका नागरिकहरु खाद्यान्नको समस्या झेलिरहेका छन् भने पिउने पानीको पनि अभाव हुन थालेको हो । जसले गर्दा बालबालिकासहित अन्य मानिसहरु प्नि स्वास्थ्य संकटमा पर्न सक्ने संयुक्त राष्ट्र संघले बताएको छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *