घरेलु टोली आयरल्याण्डविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रीकाले जित निकालेको हो । डब्लिनमा हिजो भएको खेलमा दक्षिण अफ्रीकाले आयरल्याण्डलाई ३३ रनले पराजित गरेको छ । जितसँगै तीन खेलको टी–ट्वान्टी सिरिजमा दक्षिण अफ्रीकाले १–० को अग्रता बनाएको छ । दक्षिण अफ्रीकाले दिएको १ सय ६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो । यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन बनाएको थिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *