धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले लकडाउनमा फँसेका आफ्ना नागरिकलाई सकुशल उद्धार गरी ल्याउने बताएका छन् । नगरपालिकाको कार्यालयबाट एक सूचना जारी गर्दै कोरोनाको महामारीलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनका कारण काठमान्डौंमा फँसेका शहिदनगरका नागरिकहरुलाई सवारी मार्फत उद्धार गरी ल्याउने बताएका छन् । शहिदनगर नगरपालिका भित्र घर भएका तथा अध्ययन, काम, पेशा वा अन्य विभिन्न कार्यको लागि काठमान्डौं गएको तथा लकडाउनमा फँसेर आउन नसकेकाहरुलाई उद्धार गरी नगरपालिका ल्याउने तयारी गरेको हो । लकडाउनमा काठमान्डौं उपत्यका भित्र फँसेका आफ्ना नागरिकको चाहना बमोजिम उद्धार गरी ल्याउनको लागि लागत सँकलन कार्य भइरहेको मेयर बरबरियाले बताएका छन् ।

उनले सोको लागि लागत सँकलन कार्य भइरहेको हुनाले घर आउने चाहनेले आफ्नो वास्तविक नाम थर, वास्तविक ठेगाना, वुवा वा पतिको नाम, हालको ठेगाना र सम्पर्क नम्बर सहित सम्पर्क गर्न अनुरोध गरिएको छ । नगरपालिकाले ६ जना सम्पर्क व्यक्ति परिचालन गरी आउन चाहनेहरुलाई काठमान्डौंबाट उद्धार गरि ल्याउने कार्य थालिएको हो । कोरोना भाइरसको सँक्रमण रोक्नको लागि सरकारले गत वर्षको चैत्त ११ गतेदेखि लगाएको लकडाउनका कारण आवतजावत ठप्प भएपछि घर आउन समस्या भएको हो । सवारी साधनको आवागमन समेत नभएकोले राशनको अभावमा, दैनिक उपभोग्य वस्तुको अभावका कारण त्यहाँ फँसेका नागरिकहरुलाई सरकारी विधिपूर्वक घर ल्याइदिने बताइएको छ । यसको लागि काठमान्डौंबाट घर आउने नागरिकहरुलाई अनिवार्य रुपमा १४ दिन नगरपालिकाको क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान समेत राखिएको हो । “काठमान्डौंबाट आउने नगर भित्रका नागरिकहरु नगरपालिकाद्धारा सँचालित क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा अनिवार्य रुपमा १४ दिन बस्नुपर्ने हुन्छ ।” – सूचनामा उल्लेख गरिएको छ । सम्पर्कको लागि सूचनामा मेयर उदय कुमार बरबरियाको मोबाइल नम्बर, उपमेयर शिला देवी कापरकी मोबाइल नम्बर, प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झाको मोबाइल नम्बर, लेखाअधिकृत लोक बहादुर नेपालीको , नरेश कुमार यादवको र अजय कुमार यादवको मोबाइल नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

  • 546
    Shares
सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *