खोज खुलासा । सेनामा भर्ती सम्बन्धी अग्निपथ योजनालाई लिएर पनि युवाहरुको आन्दोलन जारी छ । आन्दोलन शुक्रवार उग्ररूप लिएको देखिन्छ । शुक्रवार बिहान भारत बिहारको समस्तीपुर र लखीसरायमा युवाहरूले रेलमा आगजनी गरेका छन् । युवाहरुको भीडले धेरै एसी कोचमा आगजनी गरेका हुन् । आगलागीपछि एसी कोचका बोगी जल्न थालेका छन् ।
शुक्रवार बिहान उत्तर प्रदेशको बलिया रेलवे स्टेशनमा युवाहरूले तोडफोड गरेका छन् । बिहीबार पनि अग्निपथ योजनाको विरोधमा कैयौं राज्यका युवामाझ उकालो लागेको थियो । धेरै ठाउँमा आगजनी भयो, रेल र सडक अवरुद्ध बनेको छ । यो योजनाको विरोधमा उत्तर प्रदेशको बलियामा युवाहरु सडकमा उत्रिएका छन् ।
‘आगजनी र तोडफोडको आन्दोलनमा शहरका मानिसहरू बढी संलग्न थिए’, बक्सरको बिहिया थानाका एसआई राम स्वरूपले बताए । यसमा विद्यार्थी संख्या कम रहेको उनले बताए ।


आन्दोलनमा एसआई राम स्वरूप र अन्य दुई रेल कर्मचारी घाइते भएका छन् । सेना भर्तीमा उमेर हद तोकेपछि यूवाहरु आन्दोलित छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *