रसुवामा आँखाका बिरामीको सङ्ख्या बढ्न थालेको छ । मोबाइल, कम्प्युटरलगायतका आधुनिक सामग्रीको प्रयोग, धुलोधुँवा, चोटपटकलगायतका कारण आँखामा समस्या भएर अस्पताल आउने बिरामीको सङ्ख्या बढेकोे छ । रसुवा सामुदायिक आँखा केन्द्रका अनुसार जिल्लामा प्रतिवर्ष २ सय २८ जना आँखाका बिरामी थपिने गरेका छन् । हाल रसुवामा १२ हजार ९ सय ९० जना सामान्य तथा जटिल प्रकारका आँखाका बिरामी छन् । तथ्याङ्क अनुसार दृष्टिकम भएका ५ हजार १ सय ९६, ४० वर्ष कटेका नजिकको दृष्टिदोष भएका ४ हजार १ सय ५६ र मोतियाविन्दु भएका ५ सय ९ जना बिरामी देखिएका छन् । बिरामीको सङ्ख्या थपिँदै गएपनि उनीहरूको स्वास्थ्यमा पहुँच नपुग्दा समस्या हुँदै आएको हो । आँखा केन्द्रकै तथ्याङ्क अनुसार जिल्लामा रहेका कुल बिरामीमध्ये ६ सय ६१ जनाको मात्र पहुँच पुगेको देखिन्छ । अर्थात् १२ हजार २ सय ९९ ले अझै सेवा पाएका छैनन् । दृष्टिकम भएका ३ सय ३०/४० वर्ष कटेका नजिकको दृष्टिदोष भएका ६३ जना मात्र स्वास्थ्यको पहुँचमा पुगेको देखिन्छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *