आज साउन महिनाको पहिलो सोमबार शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
जनकपुरधामको शिव मन्दिर, धनुषाको क्षिरेश्वरनाथ महादेव, बटेश्वरनाथ महादेव, महोत्तरी जलेश्वरको जलेश्वरनाथ महादेव, टुटेश्वरनाथ महादेव लगायत शिवालयहरुमा पूजाअर्चना गर्न बिहानैदेखि भक्तजनका घुइँचो लागेको हो ।
साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा रहेको छ । यस वर्ष साउनमा पाँच सोमबार परेको छ । पाँचवटा सोमबार परेको साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन् । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *