जनकपुरधाम, कार्तिक २ गते । मुस्लिम समुदायले आज ईस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मदिन मनाइ रहेका छन् । मोहम्मदको जन्मजयन्तीको अवसरमा प्रदेश २ सहित देश तथा विदेशका इस्लाम धर्मावलम्वीले बाजागाजा र झण्डासहित प्रदर्शन गर्ने गर्दछन् । मोहम्मद पैगम्बरको जन्मदिनको अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक विदा दिएको छ । प्रदेश २ सरकारको क्यालेन्डरमा कार्तिक २ गते महम्दको जन्म दिनको अवसरमा विदा रहेको छ । प्रदेश सरकारले नेपाल सरकारले दिएको विदा अतिरिक्त थप ११ वटा विदा दिएको छ, जसमा पैगम्बर महम्दको जन्म दिनलाई पनि राखिएको छ । गत बैशाख २ गते बसेको प्रदेश २ सरकारको मन्त्रीपरिषद् बैठकले नेपाल सरकारले दिएको बाहेक थप ११ वटा विदा दिने निर्णय गरेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *