जनकपुरधाम, साउन २९ गते । आज घर घरमा नागको पूजा गरी नागपञ्चमी मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्लपञ्चमीका दिन घरमा नागको पूजा गरिनुका साथै नाग अंकित चित्र घरको ढोकामाथि टाँसिन्छ । नाग र सर्प जस्ता घिस्रिने जनावरलाई मार्न हुन्न भन्ने मान्यता अनुरुप यो दिन दिन दिन खेतबारीमा खनजोत गरिन्न । घरको मूल ढोकामा त्यस्ता चित्र टाँसेर पूजा गर्दा वर्षभरि नै घरमा नाग र सर्पले दुस्ख नदिने जनविश्वास पनि छ । नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए अनिष्ट हुने भएकाले यसलाई पूजा गर्ने परम्परा सुरु भएको विश्वास गरिन्छ । प्रत्येक घरमा नाग रहने र नाग रिसाए घरको जग भत्किने विश्वास पनि गरिन्छ । नागपञ्चमीको अवसरमा जनकपुर लगायत देशको विभिन्न स्थानमा प्रतिमा राखेर मेला तथा सांस्कृति कार्यक्रम आयोजन भएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *