यातायात व्यवस्था विभागले आजदेखि सवारी चालक अनुमति पत्र लाइसेन्स को नयाँ आवेदन खुलाएको छ । वैशाख १५ गतेदेखि गरिएको निषेधाज्ञाका कारण रोकिएको नयाँ आवेदन ६ महिनापछि मंगलबार देखि खुलेको हो ।
विभागले लाइसेन्सको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ । यसका लागि विभागको वेबसाइटमा गएर फाराम भर्नुपर्छ ।
यसअघि पुराना ७ लाख आवेदकको ट्रायल सकेपछि मात्रै नयाँ लाइसेन्स आवेदन खुलाउने विभागले बताएको थियो । तर, चौतर्फी दबाब बढेपछि पुरानो ट्रायल नसकि नयाँ आवेदन खुलाएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *