प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजका लागि बोलाइएको संसदको बैठकमा विरोध कायमै राख्ने भएको हो । आफूहरूका माग पुरा नभएका कारण बैठकमा अवरोध कायमै राखिने एमाले नेता शेरबहादुर तामाङले बताउनुभएका छन् । उहाँका अनुसार सरकारले आज मंगलबारको बैठकमा विभिन्न अध्यादेश प्रस्तुत गर्न थालेमा एमालेका सांसदहरूले विरोध जनाउने सहमति बनेको हो । आफ्नो पार्टीबाट निकालिएका सांसदलाई मदमुक्त गरिएको सूचना ननिकालिएको भन्दै एमालेले सभामुख अग्नी सापकोटाको भूमिकामा प्रश्न उठाउँदै आएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *