सरकारले आगामि आर्थिक वर्षमा ३ सय स्थानीय तहका भुमिहीन सुकुम्बासीलाई पुर्जा वितरण गर्ने भएको हो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत भुमिहीन सुकुम्बासीको लगत तथ्याङ्गक संकलन सक्ने र पुर्जा वितरण गर्ने तयारी गरेको हो । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार आगामी वर्ष ७७ वटै जिल्लामा गरिब पहिचान गर्ने र उनीहरुलाई परिचय पत्र वितरण गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखिने हो । त्यस्तै सरकारले मालपोतसँग सम्बन्धीत सम्पुर्ण तथ्याङ्गकहरुलाई डिजिटल प्रविधिमा लैजाने गरी योजना बनाएको भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिनुभयो । त्यस्तै मन्त्रालयले देशभरीका सहकारीहरुको अनुगमनका लागि अनलाइन सुचना प्रणाली तयार गर्ने कार्यक्रम ल्याउने पनि तयारी गरेको हो

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *