आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुने भएका छन् । आजको पहिलो खेलमा वेष्ट इण्डिज र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ भने दोस्रो खेलमा पाकिस्तान र अफगानिस्तानबीच खेल हुने भएको हो । गएराति भएको खेलमा भने अष्ट्रेलियाले लगातार दोस्रो जीत निकालेको छ । दुबईमा गएराति भएको खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले दोस्रो जित निकालेको हो । श्रीलंकाले दिएको १ सय ५५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । यस जितसँगै अष्ट्रेलियाले २ खेलमा ४ अंक जोडेको हो । श्रीलंका २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *