इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत मंगलबार पनि एक मात्र खेल हुने भएको हो । मंगलबार हुने खेलमा लिगको दोस्रो स्थानमा रहेको दिल्ली क्यापिटल्स र तेस्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने मंगलबारको खेल साँझ पौने ८ बजेबाट सुरु हुनेछ । यसअघि सोमबार भएको खेलमा कोलकत्ता नाइट राईडर्सले जित हात पारेको हो । अहमदाबादमै गयराति सम्पन्न खेलमा पञ्जाब किङ्सलाई ५ विकेटले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकालेको छ । पञ्जाबले दिएको १ सय २४ रनको लक्ष्य कोलकत्ताले १६ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो । जितसँगै कोलकत्ता पाँचौ स्थानमा उक्लिदै ४ अङ्क जोड्न सफल भएको हो भने छैठौं स्थानमा रहेको पञ्जाबको पनि समान ४ अङ्क नै रहेको हो

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *