इण्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेट अन्तर्गत मंगलवारको खेलले निरन्तरता पाउने भएको हो । लिग अन्तर्गत मंगलवारका लागि तय भएको मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीचको खेल तय गरिएको समय तालिका अनुसार सञ्चालित हुने बताइएको हो । मुम्बई र हैदरावादबीचको खेल दिल्लीस्थित अरुण जेटली स्टेडियममा साँझ पौने ८ बजेबाट सुरु हुनेछ । यसअघि सोमवारको लागि तय भएको खेल स्थगित भएको हो । आईपीएलमा सहभागि कोलकोत्ता नाइट राइडर्सका दुई जना खेलाडीलाई कोरोना सङ्क्रमण देखिएपछि सोमवारको खेल स्थगित भएको छ । यस्तै चेन्नई सुपरकिंग्सका पनि ३ जना सदस्यमा कोरोना सङ्क्रमण देखिएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *