इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत बुधबार पनि एक मात्र खेल हुने भएको हो । बुधबार हुने खेलमा लिगको दोस्रो स्थानमा रहेको चेननई सुपर किंग्स र अन्तिम स्थानमा रहेको सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ । दिल्लीस्थित अरुण जेटली स्टेडियममा हुने बुधबारको खेल साँझ पौने ८ बजेबाट सुरु हुनेहोे । यसअघि मंगलबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको हो । गयराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले पराजित गर्दै बैंगलोर लिगको शिर्ष स्थानमा उक्लिएको हो । टस हारेर पहिले ब्याटिङ्ग गरेको बैंगलोरले १ सय ७१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *