इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी प्रतियोगिता अन्तर्गत बिहीबार दुई खेल हुँदैछ । बिहीबार हुने पहिलो खेलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । चौथों स्थानमा रहेको मुम्बई र पुछारबाट दोस्रो स्थानमा रहेका राजस्थानबीचको खेल दिल्लीस्थित अरुण जेटली स्टेडियममा दिउँसो पौने ४ बजेबाट सुरु हुनेछ । यस्तै हुने अर्को खेलमा कोलकोत्ता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ । अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने यी दुई टोलीबीचको खेल साँझ पौने ८ बजेबाट सुरु हुनेछ । यसअघि बुधबार भएको खेलमा चेन्नई सुपर किंग्सले जित हात पार्दै तालिकाको शिर्ष स्थानमा उक्लिएको हो । गयराति सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ्ग राजेको हैदराबादलाई चेन्नईले ७ विकेटले पराजित गरेको हो । हैदराबादले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नईले १८ दशमलव ३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *