१४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आईतबार एक मात्रै खेल हुँदैछ । आईतबार हुने तेस्रो खेलमा सनराइजर्स हैदरावाद र कोलकोत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । चेन्नईस्थित एम ए चिदम्बरम स्टेडियममा हुने यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राती सवा ८ बजेबाट सुरु हुनेछ । हैदरावाद डेविड वर्नरको कप्तानीमा मैदान उत्रने छ भने कोलकोत्ता ओएन मोर्गनको कप्तानीमा मैदान उत्रनेछ । यसअघि शनिबार भएको खेलमा दिल्ली क्यापिटल्सले जित हात पारेको छ । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गर्दै दिल्लीले जित हात पारेको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *