इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट टी–ट्वान्टी प्रतियोगितामा आईतबार दुई खेल हुँदैछ । भारतमा जारी १४ औं संस्करणको आईपीएल क्रिकेट अन्तर्गत आईतबारको पहिलो खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जसै बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईको वानखेडे स्टेडियममा हुने यी दुई टोलीबीचको खेल दिउँसो पौने ४ बजेबाट सुरु हुनेछ । बैंगलोरले सिजनमा हालसम्म खेलेको ४ खेलमा ४ वटैमा जित हात पारेको हो र अङ्क तालिकाको शिर्ष स्थानमा रहेको हो । यस्तै चेन्नईले सिजनमा हालसम्म समान ४ खेल खेलेर ३ मा जित हात पार्दै तालिकाको दोस्रो स्थानमा रहेको हो । आईतबारको खेल निकै रोमाञ्चक हुने मानिएको हो । चेन्नई महेन्द्रसिंह धोनीको कप्तानीमा र बैंगलोर विराट कोहलीको कप्तानीमा मैदान उत्रने छ । यस्तै आजै हुने अर्को खेलमा सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ । दिल्ली र हैदरावादको खेल साँझ पौने ८ बजे चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुनेछ । दिल्ली तालिकाको तेस्रो स्थानमा रहेको भने हैदरावाद तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *