चेन्नई सुपर किंग्स, इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लेको हो । आईतबार भएको खेलमा बैंगलोरलाई ६९ रनले पराजित गर्दै चेन्नई लिगको शीर्ष स्थानमा उक्लेको हो । टस जितेर पहिले ब्याटिंग रोजेको चेन्नईले निर्धारित ओभर खेल्दै ४ विकेटको क्षतिमा १ सय ९१ रन बनाएको थियो । १ सय ९२ रनको लक्ष्य पक्ष्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो । यस्तै आईतबार नै भएको अर्को खेलमा दिल्ली क्यापिटल्सले जित हात पारेको हो । राति सम्पन्न खेलमा सनराईजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै दिल्लीले चौंथो जित हात पारेको हो । दिल्लीले दिएको १ सय ६० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५९ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा हैदरावादले ७ रन जोड्यो । जवाफमा दिल्लीले ८ रन जोड्दै जित हात पार्यो । त्यस्तै आईपिएल अन्र्तगत सोमबारको खेलमा पन्जाब किङ्ग र कोलकोत्ता नाइट राइर्डसबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *