आईतबार मुलुकभरका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएका छन् । देशभर मनसुनी वायुको प्रभाव रहेको र दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा बनेकाले पनि बदली तथा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको हो ।

आईतबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना हो । प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । महाशाखाका अनुसार आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *