सरकारले आईतबार बाट कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु गर्दैछ । दोस्रो चरणको खोप अभियान अन्तर्गत देशभरका ६५ वर्ष माथिकालाई कोरोना विरुद्धको खोप लगाइने हो । दोस्रो चरणको खोप अभियनको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओली आफैंले खोप लगाएर गर्ने बताइएको हो । प्रधानमन्त्री ओलीले आईतबार बिहान १० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा खोप लगाउनुहुनेछ । यसअघि दोस्रो चरणमा ५५ वर्षमाथिका नागरिक, शिक्षक, सार्वजनिक यातायातका चालक तथा सहचालकलगायतलाई खोप दिने घोषणा गरिए पनि खोपको मात्रा अपुग हुने भएपछि सरकारले खोप तालिका परिवर्तन गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणको खोप अभियान सञ्चालनका लागि देशभर ६ हजार खोप केन्द्र स्थापना गरिएको छ । माघ १४ गतेबाट नेपालमा कोरोना विरुद्धको खोप अभियान सुरु भएको छ । सरकारले भारत सरकारले अनुदानमा दिएको कोभिशिल्ड नामक खोप अहिले चरणवद्ध रुपले मानिसहरुलाई लगाउँदै आएको हो। सरकारले सुरु गरेको कोरोना विरुद्धको खोप अभियानमा सहभागि भएकामध्ये कसैलाई पनि कुनै गम्भीर स्वास्थ्य समस्या देखिएको छैन । सरकार र विज्ञहरुले बारम्बार कोरोना विरुद्धको खोप सुरक्षित र प्रभावकारी भएकाले सबैलाई निर्धक्कसाथ कोरोना विरुद्धको खोप लगाउन अपिल गर्दै आएको छ । यसैबीच, सरकारले कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज नेपाल ल्याउँदैछ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको मात्रा आईतबार बिहान सवा ११ बजे भारतबाट काठमाडौं भित्रिन लागेको हो । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा कोभ्याक्समार्फत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउने छन् । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप प्राप्त गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *