स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी असार मसान्तसम्म थप ३ लाख व्यक्तिमा कोरोना सङ्क्रमण हुनसक्ने प्रक्षेपण गरेको हो । मन्त्रालयले मंगलबार भच्र्युअल पत्रकार सम्मेलनमा आगामी तीन महिना भित्र ३ लाख नयाँ सङ्क्रमित थपिन सक्ने प्रक्षेपण गरेको हो । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले अबको ९ हप्ताको बीचमा सङ्क्रमण दर निकै उकालो लाग्ने र कठिन समय आउनसक्ने बताउनुभयो । असारसम्म १५ हजार व्यक्तिमा जटिल स्वास्थ्य समस्या देखिने सक्ने भन्दै उहाँले लापरवाही बढ्दै गए असारको पहिलो साता भित्रै दैनिक ११ हजार सङ्क्रमित थपिन सक्ने बताउनुभयो । सङ्क्रमितको सङ्ख्या बढेसँगै तत्काल १० हजार आइसोलेसन बेड बनाउनुपर्ने र आइसोलेसन सेन्टरका लागि प्रदेश सरकारलाई समेत निर्देशन दिइएको पनि मन्त्रालयले जनाएको हो । पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले सरकारले लागू गरेका मापदण्ड पालना गरेमा ठूलो चुनौती रोक्न सकिने र लकडाउनको अवस्था टार्न सकिने बताउनुभयो । हाल २ हजार सङ्क्रमितलाई उपचार गर्न सकिने रेमडिसिभर औषधि र ४ लाख पीसीआर किट मौज्दात रहेको पनि मन्त्रालयले जनाएको हो ।
सम्बन्धित खवर

नेपाली कांग्रेस धनुषाको अधिवेशन फागुन २३ गते गर्ने निर्णय

धनुषाको शहिदनगर नगरपालिकामा निःशुल्क स्वास्थय शिविर

प्रदेश अधिवेशनमा मतदान नगरेकोप्रति शेखर कोइरालाले मागे क्षमा

धनुषामा विंगरको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको ज्यान गयो, चालक पक्राउ

एमालेको दुवै समूह एकअर्काको अघि नझुक्ने रणनीतिमा

बालविवाह अन्त्यका लागि बाँकेका स्थानीय तहको चासो
Latest Posts from खोज खुलासा

प्रशासकीय अधिकृतको निधनपछि धनुषा प्रशासनको सेवा स्थगित

धनुषा क्षेत्र नं. ३ बाट उम्मेदवारी दिने जुलीको घोषणा

मुख्यमन्त्री कार्यालयमा १४ हजार साईकल खरिदको अर्को फाइलमाथि पनि अख्तियारको नजर

भारतको नयाँ उपराष्ट्रपति बने जगदीप धनखर

सिरहाको सौर्य सिमेन्ट उद्योगमा समाचार संकलन गर्न पुगेका दुई संचारकर्मीमाथि निर्घात कुटपिट
