३० कात्तिक, काठमाडौं । न्यायाधीशहरुको समूहबाट अलग भएको घोषणा गरेका सर्वोच्च अदालतका पाँच न्यायाधीश अहिलेसम्म इजलासमा बसेका छैनन् । तीन सातादेखि सामूहिक छलफलमा रहेका तेजबहादुर केसी, कुमार रेग्मी, बम कुमार श्रेष्ठ, मनोज कुमार शर्मा र कुमार चुडालले सोमबार असन्तुष्ट न्यायाधीशहरुको छलफलमा नआउने घोषणा गरेका थिए ।
मंगलबार प्रधानन्याधीश चोलेन्द्र शम्सेर जबराले उनीहरुको संयुक्त तथा एकल इजलासमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा राखेका थिए । श्रेष्ठ र शर्माको इजलासमा २१ वटा तथा केसी र रेग्मीको संयुक्त इजलासमा ४१ मुद्दाको पेशी छ । यस्तै प्रकाश कुमार ढुंगाना र कुमार चुडालको पनि अर्को इजलास छ । जसमा ६२ वटा मुद्दाको पेशी तोकिएको छ । तर मध्याह्नसम्म ती कुनै पनि इजलास बस्न सकेको छैन ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *