बैशाख १२
धनुषाको धनौजी गाउँपालिका ५ स्थित बासुदेव माध्यमिक विद्यालय बहुअर्वाका अवकाश पाईसकेका शिक्षक लखनदेव मंडलले २ वर्षको तलब र १ वर्षको संचयकोष हालसम्म पाउन सकेको छैन । तलब र संचयकोष उपलब्ध नहुंदा बिमार अवस्थामा रहेका शिक्षक मंडलको उपचारको अभावमा स्वास्थय अवस्था बिग्रिदै गएको छ । विद्यालयका निमित्त प्रधानाध्यापक तपेश्वर मल्लिकले रकम उपलब्ध गराउन आनाकानी गरेको र विद्यालयमा करोडौं रुपैयाको भ्रष्टाचार गरेको आरोप छ ।
निमित्त प्रअ मल्लिक र लेखापाल शिवेन्द्र यादवको मिलोमतोमा विगत ५ वर्षमा करोडौं रुपैयाको भ्रष्टाचार भएको स्थानीयको आरोप छ । विद्यालयको जग्गा भाडा, छात्तवृति वितरण, भवन निर्माण लगायतका शिर्षकमा भ्रष्टाचार गरेको स्थानीय उपेन्द्र मण्डलले जानकारी दिए । प्रअ मल्लिक विरुद्ध स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय काठमाडौंसम्म धाए । तर हालसम्म छानविन अगाडी बढेको छैन । अख्तियारले समेत छानविन अगाडी नबढाएको स्थानीयको आरोप छ । धनौजी गाउँपालिका ५ मा विद्यालय पर्छ । त्यहाँका वडाध्यक्ष कमल नारायण पंकजले पनि प्रअ मल्लिक आफुलाई नटेरेको गुनासो गरे ।

उनका अनुसार विद्यालयको करिब ३६ विद्या जग्गा छ । प्रति कट्ठा १ हजारदेखि १५ रुपैयाका दरले ठेक्का लगाउँछन् । तर त्यो रुपैया प्रअ मल्लिकले निजी रुपमा खर्च गरेका छन् । उनले विगत ७ वर्षदेखि विद्यार्थीलाई छात्रबृत्ति बाँडेका छैन । चार कोठे भवनको बजेटले मात्र दुई कोठा भवन बनाएको छ । उपभोक्ता समिति समेत नबनाई भवनको रकम झ्वाम पारेका छन् ।
प्रअ मल्लिकले गरेको आर्थिक अनियमितताका कारण विद्यालयको अवस्था लथालिङ पारेपछि सामाजिक लेखा परीक्षण गर्नुपर्ने माग विगत लामो समयदेखि स्थानीयले गरे । तर हालसम्म लेखा परीक्षण गरेका छैन । धनौजी गाउँपालिकाले पनि प्रअ मल्लिकलाई तीन पटकसम्म स्पष्टिकरण सोध्दा पनि कुनै वास्ता गरेका छैन । राजनीतिक संरक्षणका कारण प्रअ मल्लिक उल्टै जनप्रतिनिधिलाई धम्काउने काम गरेका छन् ।

भनिन्छ पती पत्नी बिचको सम्बन्ध सबैभन्दा सुमधुर सम्बन्ध हुन्छ । तर अपवाद बाहेक । जनकपुरधामका एक युवालाई पत्नीको विश्वासघातकै कारण घरबार विहिन हुनु परेको छ ।
अमेरिका बस्दै आएका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५का गैरआवासीय नेपाली विजय साहको नाउँमा रहेको सबै सम्पति उनकै श्रीमतीको मिलिभगतमा सासु ससुराले आफ्नो नाउँमा गराएपछि घरबार विहिन भएका छन् । घरबार विहिन भएपछि उनी अहिले भौतारि रहेका छन् ।
बाइट विजय
सन् १९९५मा डिभि चिठा परेपछि अमेरिका पुगेका विजय केही वर्ष त्यही काम गरे । त्यहाँ उनको जीवन आनन्दमय नै बितिरहेको थियो । तर जब उनको बिहे गर्ने समय आयो नेपालमै आफ्नो समुदायकै केटीसंग बिहे गर्ने सपनाका साथ स्वदेश फर्के । जनकपुरधामकै वृजनन्दन साहकी छोरी सरिता साहसंग उनको बिहे पनि धूमधामका साथ नै भयो । बिहे भएको केही समयपछि फेरी अमेरिका फर्के ।
बिहे भएको केही महिना पछि नै आमा र श्रीमतीलाई समेत अमेरिका लगे । अमेरिकामा श्रीमती सरिताले आमालाई प्रताडित गर्ने गरेको विजयले थाहा पाए ।
बाइट विजय
श्रीमतीसंग यस विषयमा कुरा गर्दा आमाको नाउँमा रहेको सम्पति आफ्नो नाउँमा गर्न शर्त राखे । श्रीमती नै हो सोचेर विजय त्यसका लागि तैयार पनि भए । आमाको नाउँमा रहेको सम्पति श्रीमती सरिताको नाउँमा वारिशनामा तयार पारे । तर भविष्यमा केही फसाद हुन्छ भन्ने डरका साथ उनले किता नम्बर गलत दिएर वारिशनामा तयार पारे ।
बाइट विजय
मालपोतमा पनि आफू झुठो नै साबित हुने देखेपछि अदालतको शरणमा उनी पुगे । तर त्यहाँ पनि विजयको विरुद्धमा नै फैसला आएको छ । अदालतमा पनि न्याय नपाएपछि उनी अहिले समाजकै व्यक्तिहरुलाई न्याय गरि दिन आग्रह गरिरहेका छन् ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *