अमेरिकाले १२ देखि १५ वर्षसम्मका किशोरकिशोरीलाई कोरोनाविरुद्धको खोप लगाउने भएको हो । अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले कोरोना भाइरसविरुद्ध फाइजरले विकास गरेको खोप १२ देखि १५ वर्षसम्मका बालबालिका–किशोरकिशोरीलाई लगाउन स्वीकृति दिने तयारी गरेको संघीय अधिकारीलाई उद्धृत बीबीसीले लेखेको हो । आउँदो हप्तादेखि खोप लगाउन स्वीकृति जारी गर्ने तयारी गरिएको हो । फाइजर र जर्मनीको कम्पनी बायोएनटेकले उत्पादन गरेको खोप परीक्षणपछि १२ देखि १५ वर्षसम्मका लागि पनि दिने तयारी भएको छ । खोप उत्पादकले गएको मार्चमै परीक्षणको नतिजा प्रकाशित गर्दै १२ देखि १५ वर्षसम्मका बालबालिका–किशोरकिशोरीमा पनि खोप सुरक्षित तथा प्रभावकारी रहेको बताएको थियो । सोही अनुसार अमेरिकामा किशोरकिशोरीलाई खोप लगाउने तयारी भएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *