अफगानिस्तानमा रहेका नेपालीहरुमध्य थप ८ जना आइतबार नेपाल आइपुग्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अफगानिस्तानबाट नेपालीलाई उद्दार गर्ने कार्य जारी रहेको र आज थप ८ जना नेपालीको उद्दार गरेर नेपाल ल्याउन लागिएको हो । उनीहरु अफगानिस्तानबाट नेपालका लागि उडिसकेको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले सीआईएनसँग बताउनुभए । काबुलमा उद्दार उडानको प्रतिक्षामा रहेका ३४ जनालाई भने आजै थप सुरक्षित एवं व्यवस्थित स्थानमा स्थानान्तरण गरिएको र उनीहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि उहाँले बताउनुभए । काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि उक्त मन्त्रालयले बताएका छन् । अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’ तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको ‘सिचुएशन रुम’ र नयाँदिल्लीस्थित नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरेका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *