अफगानिस्तानको काबुल विमानस्थलमा बिहीबार भएको दुई विस्फोटमा परी कम्तीमा ६० जना मानिसको मृत्यु भएको हो । विस्फोटमा अहिलेसम्म १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको मृत्यु भएको बिबिसीले उल्लेख गरेको हो । अफगानिस्तानमा तालिवानको कब्जापछि देश छोड्न आतुर मानिसहरुलाई लक्षित गरी हिजो बिहीबार साँझ दुईवटा बम विस्फोट गराइएको थिए । विस्फोटमा परि १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको मृत्यु भएको हो । तर अमेरिकाले गरिरहेको हवाई उद्धारकार्य जारी नै रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताउनुभएका छन् । राष्ट्रपति बाइडेनले अपराधीहरुलाई खोजेरै छाड्ने प्रतिवद्धता पनि जनाएको बिबिसीले उल्लेख गरेको हो । बहिर्गमन प्रक्रियालाई प्रभावित पार्ने गरी भएका यी मृत्यु हुनेमा बालबालिकाहरु पनि छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *