टर्कीले अफगानिस्तानको द्वन्द्वमा तालिबान लगायत सबै पक्षसँग वार्ता भइरहेको बताएका छन् । पत्रकार सम्मेलनमा विदेशमन्त्री मेभ्लुट काभ्सोग्लुले तासलवानले अफगानिस्तानको आर्थिक विकास, स्थिरता र शान्तिलाई समर्थन जारी राख्ने विश्वास व्यक्त गर्नुभएको हो । यसअघि टर्की आफ्ना सैनिक काबुलमा राख्ने प्रस्ताव राखेको थिए । नेटोका अन्य सदस्यहरु फिर्ता भएपछि विमानस्थलको सुरक्षा र सञ्चालनका लागि तर तालिवान सक्षम हुनुपर्ने टर्किको भनाइ हो । टर्की तालिबानले मागेको खण्डमा समर्थन प्रदान गर्न तयार रहेको थिए । यसैबीच, काबुलमा विभिन्न प्रान्तबाट विस्थापित भएर आएका अफगान नागरिकलाई संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सीले सहायता प्रदान गरिरहेको जनाएको हो । संयुक्त राष्ट्रसङ्घीय प्रवक्ताले सो कुराको जानकारी दिनुभएको छ।उहाँका अनुसार अफगानिस्तानका विभिन्न प्रान्त तालिबानीले कब्जा गरेपछि अफगानिस्तान र विदेशका कतिपय नागरिक अरु प्रान्तबाट काबुल आइपुगेका छन् । पछिल्लो उत्पन्न परिस्थितिका कारण विभिन्न देशका नागरिक स्वदेश फर्किन विमानस्थल पुगेका छन् । आवश्यक मात्रामा उडान हुन नसक्दा हजारौँ नागरिक विमानस्थलमै बसेका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *