नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधीले वर्तमान सरकार अनाडीको हातमा गएको बताएका छन । नेपाली काँग्रेस धनुषा क्षेत्र नं. ४ क्षेत्रिय समितिले विजयादशमी , तिहार र छठ पर्वको अवसरमा बुधवार रमदैया भवाडीमा आयोजना गरेको शुभकामना आदान प्रदान एवम चियापान समारोहलाई सम्बोधन गर्दै उपसभापति निधिले कांग्रेसले अव पराजित मानसिक्ता त्यागेर एकताबद्ध भएर जनतासंग जानुपर्ने बताए । काँग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुने भएकाले अब काँग्रेस एक ढिक्का भएर सरकारका गलत कामका बारेमा जनतासंग जानुपर्ने निधिको भनाई थियो । उपसभापति निधीले काँग्रेसले राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, धर्म्निरपेक्षता, सङ्घीयता, मिश्रित निर्वाचन प्रणाली शान्ति र अहिंसा गरी नौ सिद्धान्तलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने बताए ।

वर्तमान सरकारले सङघीयता कार्यान्वयनमा अलमल गरेको आरोप लगाउँदै निधिले सरकार जनताका कामभन्दा भारत र चीनलाई रिझाउनेतिर लागेको आरोप लगाए । मधेशवादी दलहरुले सोझा साझा मधेशी जनताहरुको भावनालाई बेचेर सत्ता लिप्सामा चुर रहेको उनले आरोप लगाए ।

क्षेत्रीय अध्यक्ष तथा क्षिरेश्वरनाथ नगरपालिकाका नगरप्रमु्ख योगेन्द्र पंजियारको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य आनन्द प्रसाद ढुंगाना , महेन्द्र यादव , प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव, जिल्ला सभापति महेश शंकर गिरी,पूर्व सांसद डा. चन्द्र मोहन यादव,उपसभापति सन्तोष यादव , क्षेत्र नं. ४ का क्षेत्रिय सभापति कन्हैया कर्ण , जनकपुरधाम उपमहानगरपालिकाका नगर सभापति मनोज साह , नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शैलेन्द्र झा , नेपाल प्रेस युनियन धनुषा अध्यक्ष राजन कुमार सिंह लगायतका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *