सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको प्रति नेकपा एमालेले आपत्ति जनाएको हो । एमाले स्थायी कमिटीको मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यादेश ल्याउने सरकारको योजना निन्दनीय र अस्वीकार्य भएको ठहर गरेका छन् । बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सरकारको विभाजनकारी योजनाको आफूहरुको गम्भीर विरोध रहेको बताउनुभए । उहाँले सरकारको योजनाको खबरदारी गर्दै सशक्त प्रतिवाद गर्ने निर्णय गरेको पनि बताउनुभए । एमालेले एकताको पक्षमा लाग्न पार्टी नेता कार्यकर्तालाई आह्वान समेत गरेको हो । एमालेले केन्द्रीय कमिटीको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा पठाएको हो । एमाले केन्द्रीय कार्यालयले २६० सदस्यीय केन्द्रीय कमिटीको सूची आयोगमा पठाएको हो । नेकपाको एकता खारेज भएसँगै पुनस्र्थापित एमालेमा २६४ जना छन् । उनीहरुमध्ये केहीको मृत्यु भएको र केही राजनीतिक नियुक्तिमा गएकाले २६० जनाको विवरण अध्यावधिक गर्न पठाइएको एमालेले जनाएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *