एमाले अध्यक्ष केपी शर्मा ओली आफूहरूबिनै अघि बढ्न खोजेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले असहमति जनाएको हो । विधान महाधिवेशन आह्वान, तयारी लगायतका विषयमा नेपाल पक्ष सहमत भइसकेको छैन तर अध्यक्ष ओलीले त्यस बारेमा एकपछि अर्को बैठकबाट निर्णय गराउँदै जानुभएको हो । अध्यक्ष र केन्द्रीय कमिटी सदस्य मात्रै महाधिवेशनबाट निर्वाचित हुने गरी विधान संशोधन गर्ने तयारी ओलीको हो । एमालेको विधान संसोधन प्रस्ताव हिजोको केन्द्रीय कमिटीको बैठकबाट पारित भएको हो । प्रस्तावमा महासचिवसहित अन्य पदाधिकारी केन्द्रीय कमिटीबाट आउने उल्लेख हो । अध्यक्षलाई एउटा महाधिवेशनदेखि अर्को महाधिवेशनसम्म ढुक्कसम्म काम गर्न सक्ने परिकल्पना संशोधित विधानले गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभए । केन्द्रीय कमिटीको सोमबार बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेका छ । यसलाई पार्टीका तल्लो कमिटीमा छलफलमा लगी आगामी विधान महाधिवेशनबाट अनुमोदन गर्ने निर्णय बैठकले गरेको हो । नेपाल पक्षका नेताहरुले यस्तो कार्यबाट पार्टी एकतामा समस्या हुने बताएका छन् । नेता घनश्याम भुसालले सोमबारको बैठक र भएको निर्णयले पार्टी एकताका लागि भइरहेको प्रयास सार्थक नहुने हो कि भन्ने चिन्ता उत्पन्न भएको बताउनुभए । पार्टी एकताको काम टुङ्ग्याउनका लागि दुरगामी असर पर्ने कुनै पनि निर्णय नलिन नेपाल पक्षका नेताहरुले यसअघि आग्रह गर्दै आएका थिए । आगामी भदौ २७ र २८ गते हुने विधान महाधिवेशन तयारीका लागि चार वटा समिति हिजो गठन गरेको हो । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले सो समिति गठन गरेको हो । बैठकमा अध्यक्ष ओलीले एमाले एकताका लागि अझै आफूले मोही मथिरहेको बताउनुभएको थियो । ओलीले एमाले फुटाउन केही शक्तिहरु लागेको भए पनि सफल हुन नदिइने बैठकमा बताउनुभएका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *