नेकपा एमालेमा पार्टी एकताका विषयमा नयाँ ढंगले छलफल हुने भएको हो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको आह्वानका विषयमा माधवकुमार नेपाल पक्षले सोमबार छलफल गर्ने भएको हो । प्रारम्भिक प्रतिक्रिया दिंदै नेताहरुले ओलीको आह्वान स्पष्ट र पार्टी एकतामा इमान्दा नभएको भनेपनि छलफलबाट निस्कर्षमा पुगिने उनीहरुको भनाई हो । औपचारिक धारणा तय गर्न सोमबार नेपालपक्षको स्थायी समितिको बैठक बोलाइएको हो । बिहान १० बजे बोलाइएको स्थायी कमिटीको बैठकपछि औपचारीब्क र आधिकारिक धारणा सार्वजनिक गर्ने माधव नेपाल पक्षका नेता वेदुराम भूषालले जानकारी दिनुभए । अध्यक्ष ओलीले गए राति विभिन्न सर्तसहित एकताका लागि आह्वान गरेका छन् । आह्वान पत्रमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मागसहित सर्वोच्च अदालतमा दायर गरिएको रिट फिर्ता लिनुपर्ने सर्त राखिएको छ । तर ओलीले संसद विघटन गलत थियो भनेर स्वीकार गर्नुपर्ने नेपाल पक्षको धारणा हो

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *