हाल नेपालमा अरब सागरमा विकसित भइरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । जसका कारण हाल देशभर आंशिक बदली रहेको हो । दिउँसो प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको हो । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको हो । राति पनि देशभर आंशिक बदली रहने हो । गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *