गलत परम्परागत अभ्यासका महिनावारी भएका बेला अझै महिलाहरु विभिन्न किसीमका पोषिलो खानेकुरा खानबाट बन्चित हुनुपरेको हो । महिनावारी भएका बेला दुध,दधि,ध्यु लगायतका खानेकुरा खादा देवता रिसाउने भन्ने परम्परागत सोचका कारण महिलाहरु महिनावारी बार्न बाध्य हुनुपरेको हो । सिन्धुलीका सीता बोहोराले महिनावारी भएका बेला आफु भान्सामा पनि पस्न नपाउने र मन लागेको खानेकुरा समेत खान नपाइने बताउनुभयो महिनावारी भएका बेला विभिन्न कुरा बार्न पर्दा सीतालाई महिनावारीका ५ दिन कटाउन निकै मुस्किल हुन्छ । सुनसरीका लक्ष्मि हमाल पनि महिनावारी बार्ने गरेको बताउनुभयो । संयुक्त परिवारमा बस्दा अनिवार्य महिनावारी बार्ने गरेको तर एक्लै बस्दा भने आफुले सबै काम गर्ने र सबै खानेकुरा खाने हमालले बताउनुभयो । जुम्लाका हस्तना न्यौपानेले भने देवता रिसाउने भन्दै महिनावारी भएका बेला दुध,दधि,ध्यु जस्ता खानेकुरा खान नपाउने प्रचलन अझै कायम रहेको बताउनुहुन्छ । तर थारु समुदायमा भने महिनावारी बार्ने चलन नभएकोे वर्दियाका सिता थारुले बताउनुभयो । चिकित्सकहरुले भने महिनावारी भएका बेला झोलीलो र पोषिलो खानेकुरा खानुपर्ने दिएका छन् । गलत परम्परागत सोचाइका कारण महिनावारी भएका बेला केही पोषिला खानेकुरा वार्न लगाउँदा महिलाको स्वास्थ्यमा असर पर्ने गरेको जनस्वास्थ्य बिज्ञ चिरन राईले बताउनुभयो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *