धनुषाको सहिदनगर नगरपालिका–८ नाथपट्टीमा मध्यराति एक पुरुषमाथि खुकुरी प्रहार भएको छ । घरमा सुतिरहेका बेला आइतबार मध्यरातमा अज्ञात समूहको खुकुरी प्रहारबाट रामअवतार बुलगरिया (यादव ) गम्भीर घाइते भएका हुन् ।

घाइते यादवको यदुकुहा अस्पतालमा उपचार संम्भव नभएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) मकेन्द्र मिश्रले बताए ।

मध्यरातमा आएका अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको खुले पनि उनीहरुको पहिचान नखुलेको डिएसपी मिश्रले जानकारी दिए । राती खाना खाएर सुतेका अवस्थामा ती अज्ञात व्यक्तिले ६५ वर्षीय पुरुषलाई टाउकोमा खुकुरी प्रहार गरेको स्थानिय पुस्पेंद्र गोइतले प्रहरीलाई बयान दिएका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *