अछाममा छाउगोठ भत्काउने दोस्रो चरणको अभियान प्रभावकारी बन्दै गएको छ । पहिलो चरणमा भत्काइएका छाउगोठ स्थानीयले पुनः बनाएर गोठमै बस्न थालेपछि जिल्ला प्रसासान कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वयमा मङ्सिर ४ गतेबाट जिल्लामा सुरु भएको अभियानमा अहिले स्थानीयहरू पनि सकारात्मक बनेका छन् । अभियानको दोस्रो चरणमा अहिलेसम्म ७ सय ७४ वटा छाउगोठ भत्काइएका छन् । छाउगोठमा बसेर किशोरी तथा महिलाहरुको जीवन नै खतरामा पर्न थालेपछि प्रहरी र स्थानीय सरकारको अगुवाइमा छोउगोठ भत्काउने अभियान सुरु गरिएको बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष कुल बहादुर शेट्ठीले बताउनुभयो । छाउगोठ मुक्त समाज निर्माणमा क्रियाशील रहेको कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक नेपाल) ले जिल्लाको साँफेबगरमा रूपान्तरण गृह स्थापना गरी महिला तथा किश्वरीहरुलाई मर्यादित महिनावारिका बारेमा जानकारी गराउने गरेको छ । विगतको भन्दा अहिले महिलाहरूमा धेरै सकारात्मक सोच पलाएको र पुरुषहरुले पनि महिलाहरुलाइ छाउगोठ पठाउन छोडेको अधिवक्ता रञ्जला प्याकुरेल बताउनुहुन्छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी योगेन्द्र सिंह थापाका अनुसार दोस्रो चरणको छाउगोठ भत्काउने अभियान सञ्चालन गर्दा एउटा घरमा २ ओटासम्म छाउगोठ बनेका थिए । तर अहिले प्रहरीको गस्ती टोली गाउँ गाउँमा गएर छाउगोठ भत्काइरहेको छ । छाउगोठमा बस्नु वा बस्न बाध्य पार्नुलाइ कानुनले अपराध मानेको छ । यदि कोही छाउगोठमा बसे वा बस्न बसाएमा तीन महिना सम्म जेल , तीन हजार रुपैंया जरिवाना वा दुबै हुन सक्ने व्यवस्था कानुनमा छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *