अछामको दुर्गम गाउँमा रहेको एक विद्यालयका विद्यार्थीले कोठ, स्लाइनटको पाइपलगायतका घरेलु सामान प्रयोग गरेर डोजर, गाडी र हेलिकोप्टर बनाएका छन् । मेल्लेख गाउँपालिका वडा नम्बर ६ मा रहेको नन्देश्वरी माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरथ सागर टमट्टाले बनाएका उपकरणबाट विद्यालय र गाउँलेहरू समेत आश्चर्यमा परेका छन् । विद्यालयले विज्ञान विषयको प्रयोगात्मक परीक्षाका लागि केही सामग्री तयार गर्न दिएका सागरले एकाएक विभिन्न नयाँनयाँ उपकरण तयार गरेपछि शिक्षकहरू समेत अचम्मित बनेका हुन् । १६ वर्षका टमट्टाले स्थानीयस्तरमा पाइने पुराना फाटेको चप्पल, रेडियो, टेलिभिजन, स्लाइनको पाइप, चाउचाउको खोल तथा लाइटका सामग्री प्रयोग गरेर यस्ता उपकरण तयार गर्नु भएको हो । सागरले डोजर, बस, जीप एम्बुलेन्स, हेलिकोप्टर तयार गर्नु भएको छ । टीकटक हेरेको भरमा उपकरणहरु तयार गरेको सागरले बताउनुभयो । ‘स्कुलमा विज्ञानमा प्रयोगात्मक गर्न पाइँदैन, मलाई विज्ञानमा पढेका विषय बनाउन मन लाग्छ । ’ सागरले भन्नुभयो, ‘टिकटकमा म जस्तै कुनै युवाले बनाएको भिडियो हरेको थिएँ । त्यही आधारमा मैले पनि बनाएको हुँ ।’ एसईईको तयारी गरिरहनु भएका सागरले पास भएपछि इलोक्ट्रोनिक ईन्जिनिर पढेर प्रयोग गर्न मिल्ने गरी गाडी, डोजर बनाउने इच्छा राख्नु भएको छ । ‘यो ज्ञानलाई म वास्तविकतामा लागु गर्न चाहान्छु ।’ सागरले भन्नुभयो ‘तर घरको आर्थिक अवस्था नभएकाले त्यो म कसरी पढौँला चिन्ता भने अहिले नै लाग्न थालेको छ । सागरको घरको आर्थिक अवस्थामा त्यति राम्रो छैन । सागरले तयार गरेका सामग्रीलाई पालिकाले प्रर्दशनी गर्ने योजना बनाउनुभएको छ । नन्देश्वरी माध्यमिक विद्यालयले सीटीईभिटी सम्बन्धमा प्राविधिक विषय पढाउन थालेको छ । सागरको जस्तो प्रतिभा भएका विद्यार्थीलाई पालिकासँग समन्वय गरेर सहयोग गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरेण्ड भट्टराईले बताउनुभयो । विद्यालयले प्रतिभावान विद्यार्थीका लागि सहयोग कोष स्थापना गर्न पहल गर्ने भट्टराईले जानकारी दिनुभयो ।

  • 518
    Shares
सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *